१ पुस, वीरगन्ज – तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले व्यवस्थापिका–संसद्मा प्रस्तुत संविधान संशोधनसम्वन्धी प्रस्तावले मधेस आन्दोलनका मागलाई सम्बोधन गर्न नसक्ने भएकाले एकमुष्टरुपमा सहमति खोज्न सरकारसँग आग्रह गर्नुभएको छ ।
सो पार्टीद्वारा आज यहा आयोजित पत्रकार सम्मेलनमा उहाले संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले गरेको विरोधका बाबजुद पनि सरकारले हिजोको संसद् बैठकमा उक्त विधेयक पेस गरेकोमा आपत्ति जनाउनुभयो ।
अध्यक्ष ठाकुरले मधेसी जनताको माग र भावना विपरित सरकारले उक्त विधेयक संसद्मा पेस गरेर मोर्चासँग वार्ता र संवादको वातावरण बिगार्ने काममा लागेको आरोप लगाउ“दै विगतमा भएका सम्झौता कार्यान्वयन नभएसम्म वार्ता सफल नहुने बताउनुभयो ।
मधेसका नागरिकलाई वास्तविक नागरिक नमान्ने र उनीहरुको आस्थामाथि सधैंँ प्रश्न गर्ने चलन विरुद्ध यो आन्दोलन हो । उहाले भन्नुभयो, “मधेसलाई अधिकार सम्पन्न नबनाएसम्म आन्दोलन जारी रहन्छ ।”
अध्यक्ष ठाकुरले आफूहरुको माग सम्बोधन नभएसम्म सडक र सदन दुबैतर्फबाट सशक्त विरोध जनाउने बताउदै समानुपातिक र समावेशी सिद्धान्तलाई व्यवहारिक कार्यान्वयन, जनसङ्ख्याका आधारमा निर्वाचन क्षेत्र निर्धारण र प्रदेशको सिमाङ्कनलगायतका विषयमा सरकारले स्पष्ट धारणा नल्याएसम्म वार्ता सफल हुन नसक्ने स्पष्ट पार्नुभयो ।
अधिकार र अवसरको प्राप्ति तथा विभेद विरुद्धको यो आन्दोलनलाई निर्णायक तहमा नपु¥याएसम्म हामी शान्त भएर बस्न सक्दैनौँ भन्दै उहाले विगतभन्दा अझ बढी सशक्त, व्यवस्थित र प्रभावकारीरुपमा आन्दोलन अगाडि बढाउनका लागि सम्बन्धीत सबै पक्षसँग आग्रह पनि गर्नुभयो । रासस