Tue. Nov 26th, 2024

तल्लो मोदी एक जलविद्युत आयोजना चार महिनापछि सुचारु

Modi Hydroपर्वत– मोदीखोलामा आएको बाढीले क्षति पुर्‍याउँदा बन्द रहेको पर्वतको चुवामा रहेको १० मेघावाट क्षमताको तल्लो मोदीखोला एक जलविद्युत आयोजनाबाट चार महिनापछि विद्युत उत्पादान सुरु भएको छ ।

गएको साउन १३ गतेको बाढीले क्षतिग्रस्त भएको विद्युतगृह र उपकरणको मर्मत गरिएपछि आइतबार बेलुकादेखि विद्युत उत्पादन फेरि सुरु भएको हो । आयोजनाबाट उत्पादित ४ मेघावाट विद्युत केन्द्रीय प्रशारणमा थपिएको छ । मोदीखोलाको बाढी विद्युत गृहमा पसेपछि त्यहाँ रहेका इलेक्ट्रिक र इलेक्ट्रोमेकानिकल सबै सामानमा क्षति पुगेको थियो । क्षतिग्रस्त विद्युतगृह र अन्य संरचना मर्मत गरी एउटा टवाईनबाट विद्युत उत्पादन सुरु गरिएको आयोजनाका निर्देशक उपेन्द्र गौतमले जानकारी दिए ।

‘आयोजनाको मर्मत कार्य सम्पन्न चार महिना लाग्यो’ निर्देशक गौतमले भने‘परीक्षण सकेर विद्युत उत्पादन गरी केन्द्रीय प्रशारणमा पठाउन सकेका छौ ।’ आयोजनाले एक नम्बर टवाईनको मर्मत सकेकाले तत्काल एउटा टवाईनबाट ५ मेघावाट विद्युत केन्द्रीय प्रशारणमा पठाउने तयारी गरेको छ ।
दुई नम्बर टवाईन समेत सञ्चालन गर्न अझै दुई हप्ता लाग्ने निर्देशक गौतमले बतनए । मोदीखोलामा आएको बाढीले आयोजनाको विद्युत गृह, सडक र नहरमा गरी ३० करोड भन्दा बढी क्षति पुर्‍याएको थियो निजी क्षेत्रको युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडले निर्माण गरेको आयोजनाले तीन वर्ष पहिलेदेखि विद्युत उत्पादन थालेको थियो ।

आयोजनामा बाढीले क्षति पुर्‍याएपछि साउनको दोस्रो साता देखि मंसिर दोस्रो साता सम्म बिद्युत उत्पादन बन्द हुँदा उत्पादन तर्फ मात्रै १२ करोड भन्दा बढी नोक्सानी हुने निर्देशक उपेन्द्र गौतमले बताए । उज्यालो अनलाइनबाट

About The Author

अन्य समाचारहरु: