२७ मंङ्सिर, धादिङ–धादिङ जिल्लामा माछा व्यावसायलाई प्रवद्र्धन गर्नको लागि राष्ट्रिय व्यापार मेला तथा माछा महोत्सवले ठुलो भुमिका खेल्ने राष्ट्रिय वाणिज्य संघ धादिङका अध्यक्ष लोकनाथ डल्लाकोटीले बताएका छन् । अनौपचारिक प्रकारले ब्राण्डनै बनेको माछा ब्यावसायलाई बिश्वसनीय बनाउदै माछा उत्पादनका क्षेत्र प्रति बढ्दो आकर्षण र लगानीलाई प्रोत्साहित गरी जिल्लालाई आत्मनिर्भर बनाउन माछा महोत्सवको आयोजना गरीएको हो ।
अहिले जिल्ला भर १ सय ६५ वटा पोखरीमा व्यावसायीक माछा पालन गरीदै आएको छ । बार्षिक जिल्लामा १६ मेट्रिकटन माछा उत्पादन हुने गरेको छ । शनिवार पत्रकार सम्मेलनको आयोजना गरी आयोजकले महोत्सवको तयारीको बारेमा जानकारी गराएको छ । अहिले महोत्सव स्थलको छेकबार र स्टल निर्माणको काम अहिले तिव्र रुपमा भईरहेको छ । पुस महिनाको ९ गतेदेखि १९ गतेसम्म धादिङको मलेखुमा हुने राष्ट्रिय व्यापार तथा माछा महोत्सवको तयारीलाई तीव्र पारिएको हो ।
घरेलु उद्योग कृषि जलस्रोत पर्यटन प्रवद्र्धन आर्थिक सम्बृद्धि हाम्रो अभियान भन्ने नाराका साथ नेपाल राष्ट्रिय वाणिज्य संघ धादिङको आयोजनामा धादिङको वेनिघाट – १ मलेखु बजारमा मेला गर्न लागिएको हो । जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउदै ब्यावसायिक उत्थान तथा निकासी योग्य वस्तुको उत्पादन र गुणस्तरमा जोड दिने उद्देश्यका साथ मेलाको आयोजना गर्न लागिएको हो । मेलाले एकातर्फ जिल्लाको आर्थिक एवं सामाजिक उत्थानका लागि उद्योग, व्यापार, कृषि, पर्यटन, शिक्षा र स्वस्थ्य लगाएतका क्षेत्रको प्रचार प्रसार र प्रवद्र्धनमा टेवा पु¥याउने छ । मेलामा १० करोडको कारोबार हुने लक्ष्य राखिएको छ ।
त्यस्तै २ लाख मानिसहरुले मेलाको अवलोकन गर्ने संस्थाका महासचिव शालिकराम दुवाडीले बताए । मेलाको प्रचारप्रसारका लागि ३१ सदस्यिय मेला आयोजक समिति मेलालाई व्यवस्थित रुपमा सम्पन्न गर्नका लागि ३१ सदस्यिय समितिको गठन गरेको छ । अहिले सम्म १ सय ३१ वटा स्टल बुकिङ भईसकेको छ । महोत्सवको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने कार्यक्रम रहेको छ ।