Sat. Mar 15th, 2025

नुवाकोटमा जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता सम्पन्न

nach२६ मंङ्सिर, नुवाकोट पहिलो पटक नाट्येश्वर कला केन्द्रको आयोजनामा जिल्लास्तरीय खुल्ला नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
त्रिशूली बजारमा शुक्रबार आयोजित प्रतियोगिताको फेडेरेसन अफ इन्टरनेसनल डान्स एसियाका महानिर्देशक रामचन्द्र कोइरालाले उद्घाटन गर्दै नुवाकोटमा कला क्षेत्रको विकासका लागि आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।
प्रतियोगितामा समूह नृत्यतर्फ सुभेनियर बोर्डिङ स्कुल सङ्गमचोक प्रथम, ब्रिलियन्ट एकेडेमी ढुङ्गे द्वितीय र गुडविल एकेडेमी पिपलटार तृतीय भए । त्यस्तै एकल नृत्यमा उचित तामाङ प्रथम, पूजा शाक्य द्वितीय र अजय अमात्य तृतीय भएको कार्यक्रम संयोजक किरणप्रसाद अधिकारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: