Wed. Mar 12th, 2025

धादिङका सिडियो दिपक काफ्ले दाङ सरुवा

Copy of deepak kafle२४ मंसिर,  धादिङ – गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेलाई सरुवा गरेको छ । काफ्लेलाई दाङमा सरुवा गरेको हो । उनी २ महिना अघि मात्र  महोत्तरीबाट धादिङ सरुवा भएका थिए ।

गृह मन्त्रीस्तरीय निर्णयबाट बिहीबार धादिङका प्रजिअ लगायते सहसचिवस्तरका ९ जना प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।
काफ्लेको स्थानमा श्रम मन्त्रालयका विश्वप्रकाश सुवेदीलाई सरुवा गराएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट गृहमा आएका सहसचिव रामकृष्ण सुवेदीलाई काठमाडौंको प्रजिअमा सरुवा गरिएको छ ।

प्रधानमन्त्री कार्यालयबाट गृहमा सरुवा भएका सहसचिव ऋषिराज शर्मालाई ललितपुरको प्रजिअको जिम्मेवारी दिइएको छ । काठमाडौंका प्रजिअ एकनारायण अर्याललाई मोरङमा, मोरङका गणेशराज काकीलाई नवलपरासीमा, कास्कीका कृष्णबहादुर राउतलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा सरुवा गरिएको छ ।

ललितपुरका प्रजिअ यादव कोइरालालाई गृह मन्त्रालयमा, नवलपरासीका हरिप्रसाद मैनालीलाई कास्कीमा सरुवा गरेको हो ।

About The Author

अन्य समाचारहरु: