Wed. Mar 12th, 2025

साुमदायिक केन्द्रका विषयमा छलफल

rd२३ मंसिर,  धादिङ – रेडियो धादिङको व्यवस्थापनमा संचालित साुमदायिक केन्द्रका विषयमा आज सरोकारवालाहरुसंग छलफल गरिएको छ ।

बैशाख १२ को भुकम्प पश्चात मानसिक रुपमा समस्यामा परेका व्यक्तिहरुलाई मनोपरामर्श दिनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी गराऊँदै दैनिक कार्य जिवनमा फकाऊने उद्येश्यका साथ साुमदायिक केन्द्र स्थापना गरिएको हो । साप्लानिर जापान र अमार्क एसिया पासिफिकको सहयोगमा स्थापना गरिएको साुमदायिक केन्द्रमा दैनिक जसो ८/१० जना भुकम्प प्रभावितहरु नाँच्न, गाऊन साथै मन बहालाऊन आऊने गरेका छन् ।

पत्रिका पढ्न, रेडियो घुम्न तथा सुन्न र मनोरञ्जनात्मक शैलीबाट विभिन्न जानकारी लिन पाऊने भएकाले पनि साुमदायिक केन्द्र निकै प्रभावकारी भएको भुकम्प प्रभावितहरुको भनाई छ । जसबाट भुकम्पले तर्सिएको मनलाई दैनिक कार्य जिवनमा फर्काऊन पनि सहज भएको उनिहरु प्रभावितहरु बताऊँछन् । छलफल कार्यक्रममा जिल्लामा क्रियाशिल सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रमुख एव्र प्रतिनिधीहरुको सहभागिता रहेकोे थियो । सहभागिहरुले साुमदायिक केन्दले खेलेको भुमिकाको कदर गर्दै आफ्नो संस्थाबाट सक्दो सहयोग गर्ने प्रतिवद्धता समेत जनाएका छन् ।

About The Author

अन्य समाचारहरु: