Wed. Mar 12th, 2025

 विद्युतको ट्रान्सफर्मर पड्किँदा मकवानपुरमा दुई जनाको मृत्यु

Transformer_021
२३ मंसिर, मकवानपुर – मकवानपुरको हाँडीखोलामा विद्युतको ट्रान्सफर्मर पड्किँदा दुईजनाको मृत्यु भएको द्ध भने १३ जना घाइते भएका छन् ।

बिहान साढे ५ बजेतिर ट्रान्सफर्मर पड्किँदा हाँडीखोला ४ बस्ने ठूलीमाया  मोक्तान र त्यही ठाउँकी लगभग १६ वर्षकी  शर्मिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

हाई भोल्टेजका कारण ट्रान्सफर्मर पड्केको हुन सक्ने प्रहरीको अनुमान छ ।  घाइतेमध्ये ५ जनाको हेडौडा र अरुको स्थानीय मेडिकलमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: