२२ मंसिर, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका ९ ज्यामिरेमा संचालन गरिएको २ दिने महिला पुरुष सम बिकाश तालिम आज सकिएको छ ।
एक्सन नेपाल र हेफर इन्टरनेसनल नेपालद्वारा मुरलीभन्ज्याङमा संचालित तालिममा साना किसान उद्यमी सवलिकरण परियोजना अन्तर्गत गठित मनकामना ,पन्चकन्या,र राधाकृष्ण समुहका महिला तथा पुरुष सदस्य गरि जम्मा ३० जनाको सहभागिता रहेको थियो्।
महिला र पुरुषमा भएका सामाजिक भिन्नता, श्रॊतसाधन माथिको पहुँच, नियन्त्रण, दैनिक कार्य विश्लेषण, कार्य बिभाजन, लैंगिक समता र समानताका बारेमा सहभागी हरुलाई जनाकारी गराइएको छ ।
तालिममा उठेका बिषयबस्तु माथि सामुदायिक सहजकर्ताहरु मिना लम्साल र फत्त कुमारी श्रेष्ठ ले सहजीकरण गरेका थिए । त्स्तै तालिमको अन्य बिसयबस्तु माथि परियोजना संयोजक शन्त भट्टराईले सहजीकरण गरेका थिए ।