Thu. Jan 30th, 2025

शौचालय नमुना बनाउँछौँ

Manoj thapaधादिङबेसीमा सार्वजनिक शौचालय नहुदाँ ग्रामीण क्षेत्रका मानिसहरुले हैरानी खेप्नु परेको थियो । शौच गर्नका लागि कि होटलमा खाजा खानु पर्ने कि अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ । त्यसमा पनि अपाङगता भएकाहरु झनै मारमा छन् । यस्तै अवस्थालाई मध्यनजर गर्दै धादिङ समाज दक्षिण कोरियाले धादिङबेसीमा अपाङमैत्री शौचालय निर्माण कार्य सुरु गरेको छ । कोरियामा रहेका धादिङेलीहरुको विशेष सहयोगमा बन्न लागेको शौचालय चैत महिनाभित्र निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखेको छ । निर्माणमा लागि परेका धादिङ समाज दक्षिण कोरियाका पूर्व उपाध्यक्ष मनोज थापासँग पाविलन्युज डट कमकी अस्मिता खतिवडाले गरेको कुराकानी

धादिङ समाज दक्षिण कोरिया कस्तो संस्था हो ? कसरी गठन भयो ?
यो धादिङबाट रोजगारी लगायत अन्य कामको शिलशिलामा कोरिया गएका युवाहरुको साझा संगठन हो । सुरु सुरुमा ५–६ जना धादिङका साथीहरु विच मात्रै चिनजान थियो । जसमा धादिङ कल्लेरीका सुदर्शन खतिवडा, ज्यामरुङका नवराज बोहोरा, चैनपुरका सुबास आचार्य, सिम्लेका धुर्व थापा, विनोद अधिकारी लगायतका अन्य साथीहरु थियौँ । त्यहि टोलीमा रहेर हामीले आफ्नो जिल्लाका लागि केही गर्ने सोच बनायौँ । त्यस पश्चात हामिले सन् २०११ मा सुदर्शन खतिवडाको अध्यक्षतामा ९ सदस्यिय धादिङ समाज दक्षिण कोरियाको कार्य समिति गठन ग¥यौँ, अनि कोरियामा रहेका धादिङका सबै साथीहरुलाई उक्त समाजमा समेट्नको लागि हामिले फेसबुक पेज बनायौँ । जसमा दिनप्रतिदिन धादिङका साथीहरु बढ्दै गयो । यसरी नै हामीले धादिङ समाज दक्षिण कोरियाको विस्तार ग¥यौँ ।

यो समाजले के–कस्ता समाजिक कार्यहरु गर्दै आइरहेको छ ?
हामीले हाम्रो समाज गठन गरे लगत्तै महादेवस्थानको चेपाङवस्तीमा खाद्यन्न सहित लत्ता कपडा वितरण ग¥यौँ । त्यसपश्चात धादिङ खाल्टेका १ जेहेन्दार भाई जसको बाबाको मृत्यु भइसकेको थियो, आमाले अर्को विहे गरे पछि आर्थिक अभावमा पढ्न नसक्ने खबर पछि पढाईका लागि रु २० हजार सहयोग ग¥यौँ । धादिङकै बाल कलाकार प्रेम परियारलाई कोरियन ओन ५ लाख ५५ हजार सहयोग ग¥यौँ । जिल्लाका बालप्रतिभा कोरियामा गएर जिल्लाको नाम राखेकाले पनि गौरव स्वरुप हामिले भाइको आगामी उज्जवल भविष्यको लागि सहयोग गरेका हौँ ।

त्यस्तै रोजगारीका लागि कोरिया लगायत विभिन्न देशमा गएर दुःख पाएका, समस्या रहेका, पैसाको अभावमा उपचार गर्न नपाएका संगै मृतकको लास नेपाल पठाऊन नसकिरहेकाहरुका लागि पनि धेरै सहयोग गरेका छौँ । कोरियामा नेपालीहरुले काम नपाएका बेला खान र बस्नको लागि व्यवश्था पनि मिलाउका छौँ । असहाय, विद्यार्थी, मृगौला पिडित, भुकम्पबाट प्रभावित विद्यालय संगै खानेकुरा नहुँदा गिठ्ठा भ्याकुर खाएर बसेका चेपाङ परिवारलाई पनि हामीले सहयोग गरेका छौँ ।

यहि कात्तिक १८ गते पनि हामीले दुवै मृगौला खराबी भई ७ महिनादेखि निदान अस्पताल ललितपुरमा उपचार गराऊँदै आएका धादिङका २८ वर्षिय कृष्ण शाहीको उपचारका लागि आर्थिक सहयोग गरेका थियौँ । कोरियामा हामीले संकलन गरेका १ लाख ११ हजार ७ सय रुपैँया हामीले उनको उपचारको लागि सहयोग गरेका हौँ । कोरियामा नेपाल हाऊस स्थापनाका लागि पनि हाम्रो समाजले ५ लाख ५५ हजार सहयोग गरेको छ । यसरी धादिङ समाज दक्षिण कोरियाले धेरै भन्दा धेरै उल्लेखनीय कार्य गर्दै आएको छ ।

धादिङबेशीमा सार्वजनिक शौचालय निर्माण गर्ने सोच चाहिँ कसरी आयो ?
सदरमुकाम जस्तो ठाऊँमा एऊटा सार्वजनिक शौचालय नहुँदा, कामको सिलसिलामा आउनेहरु धेरै समस्या परेको कुरा हामि सबैले महसुस गरेकै हो । दिशा पिसाब गनैकै लागि पैसा तिरेर चिया खाजा खाई, नाता जोडेर अनेक बहानामा अरुको ट्वाइलेट जानुपर्ने बाध्यता हामिले पनि भोगेका हौँ । अझ दिशा पिसा वगर्नकै लागि कहिले जिल्ला अस्पताल त कहिले विभिन्न सरकारी कार्यलय धाऊने कयौँ छन् । त्यसमाथि पनि महिला आमा दिदीबहिनी तथा अपाङ्गता भएकाहरुले त झन् धेरै समस्या भोग्नुपरेको छ । यो समस्या समाधानका लागि हामीले केहि गर्न सक्छौँ भन्ने मनसायका साथ हामी अगाडी बढ्यौँ ।

सोच बनाऊन जत्ति सजिलो थियो, पुरा त्यत्ति नै गाह्रो । त्यसपश्चात हामिले कोरियामै चिट्टा कार्यक्रमको आयोजना ग¥यौँ । त्यसबाट हामीले केही रकम संकलन ग¥र्यौँ, जुन हाम्रो उद्देश्य पुरा गर्नका लागि निकै कम थियो । अनि धादिङ समाज दक्षिण कोरियाका अध्यक्ष लगायत कोषाध्यक्ष सन्तोष अधिकारीको सक्रियतामा कार्य समितिका साथीहरुले कोरियामा रहेका धादिङका साथीहरुसंग सहयोगका लागि अपिल गरे । त्यस पश्चात सबै साथीहरुले आफ्नो चिया खाजाबाट केहि रकम कटौँती गरी सार्वजनिक शौचालय निर्माणका लागि सहयोग गर्न थालियो । यसरी रकम संकलन गरी कुल १५ लाख १७ हजार रुपैँयाको लागतमा सार्वजनिक शौचालय बनाऊन लागेका हौँ ।

शौचालय बनाउने जग्गाको बन्दोबस्त चाहिँ कसरी भयोे ?
यसको कहानी धेरै लामो छ । कोरियामा ५ वर्षे लामो रोजगारी यात्रा पछि म २०७१ साल चैत ९ गते नेपाल आएँ, त्यसपछि सम्पुर्ण आफ्नो कामलाई थाँती राखी चैत १२ गतेदेखि जग्गाको खोजीमा लागें । नापी, मालपोत, नगरपालिका, प्रशासन, व्यवसायी, राजनितिक दल, समासेवी, पत्रकार स्थानियबासी सबै संग हातेमालो गरी २०७२ साल बैशाख ९ गते सबै कानुनी प्रक्रिया पुरा गरि पुछारबजार बसपार्क नजिकै पिपलबोट नेरको सार्वजनिक खाली जग्गाको बन्दोबस्त ग¥र्यौँ । जग्गा मिले लगत्तै देखि शौचालय निर्माण गर्ने सोचमा थियौँ तर बैशाख १२ गतेको भुकम्पले हाम्रो पछाडी धकलियो । अहिले सोही कामलाई निरन्तरता दिइरहेका छौँ ।

अपाङ्गमैत्री शौचालयका विशेषताहरु के के छन् ?
शौचालयमा महिला, पुरुष तथा अपाङ्गता भएकाहरुका लागी छुट्टाछुट्टै कोठा हुन् छ, जसका लागी बाटो पनि बेग्लाबेग्लै हुनेछ । अपाङ्गता भएकाहरुको कुरा गर्नु पर्दा उनिहरुको कोठामा ह्वील चियर सजिलै आऊन जान सक्छ । बसेर दिशा पिसाब गर्ने देखी समाऊने ठाउँ र हात धुने धारामा पनि राम्रो व्यवश्था मिलाइएको हुन्छ ।

अन्तमा के भन्न चाहनुहुन्छ ?
सार्वजनिक शौचालय निर्माण गर्न तत्परता देखाऊने धादिङ समाज दक्षिण कोरियाका साथीहरुलाई मनैदेखि बधाई र धन्यावाद दिन चाहन्छु । हामीले यहाँका संचारमाध्यमहरु, पत्रकार, राजनितिक दल, समाजसेवी, स्थानियवासी सबैको सहयोगको अपेक्षा गरेका छौँ । हामी सबैको सहयोग विना यो काम अपुरो हने हुनाले, यो काम हामी सबैका लागि हो र हामीले गर्नुपर्छ भन्ने भावनाका साथ सहयोग गरिदिनुहुन हार्दिक आग्रह पनि गर्दछु ।

About The Author

अन्य समाचारहरु: