Fri. Jan 31st, 2025

कुसल परेराले प्रतिबन्धित औषधि प्रयोग गरेको प्रमाणित

_perera_gettyमंसिर २२ – श्रीलंकाका विकेटकिपर ब्याट्सम्यान कुसल परेराले प्रतिबन्धित औषधि प्रयोग गरेको  प्रमाणित भएको छ । प्रतिबन्धित औषधि प्रयोग गरे नगरेको बारे भएको परीक्षणमा परेरा दोषी पाइएका हुन् । उनी न्युजिल्याण्ड भ्रमण टोलीबाट हटाइएका छन् ।

न्युजिल्याण्डसँग श्रीलंकाले दुई टेस्ट, पाँच एक दिवसीय तथा दुई ट्वेन्टी–ट्वेन्टी क्रिकेट खेल्नेछ । पहिलो टेस्ट क्रिकेट न्युजिल्याण्डको डनिडनमा आउँदो बिहीबारदेखि सुरु हुनेछ । पाकिस्तानसँग पछिल्लो भ्रमणको क्रममा गरिएको परीक्षणमा परेराले प्रतिबन्धित औषधि प्रयोग गरेको पाइएको श्रीलंका क्रिकेट एसएलसीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ । न्युजिल्याण्ड भ्रमण टोलीमा परेराको ठाउँमा अब कौशल सिल्भालाई समावेश गरिने भएको छ । २५ वर्षका परेराको बी नमुना एन्टी डोपिङ रेगुलेशनका लागि परीक्षण गरिने एसएलसीले जनाएको छ । परेराको क्रिकेट करिअर फेरि सुरु गराउन हरसम्भव प्रयास गर्ने एसएलसीले उल्लेख गरेको छ । परेराले अहिलेसम्म श्रीलंका लागि ५१ एक दिवसीयमा एक हजार दुई ५९ रन बनाएका छन् । यस्तै तीन टेस्टमा एक सय ६९ तथा २२ ट्वेन्टी–ट्वेन्टीमा पाँच सय ९६ रन बनाएका छन् । परेरा बी नमुना परीक्षणमा पनि दोषी पाइएमा परेराले चार वर्षसम्मको प्रतिबन्धको सामना गर्नु पर्नेछ । उज्यालो अनलाईनबाट

About The Author

अन्य समाचारहरु: