Wed. Mar 12th, 2025

१२ वर्षकी बालिका बलात्कार गर्ने युवक पक्राउ

rape_२१ मंसिर, गोरखा – गोरखाको सौरपानी गाविस–८ रञ्चोकस्थित गोठमा सुतेकी १२ वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३१ वर्षका सन्तबहादुर गुरुङलाई पक्राउ गरेको छ ।

बारपाक–२ राङरुङको जङ्गलमा लुकीछिपी बसेको अवस्थामा प्रहरीले गुरुङलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा ल्याएको छ । प्रहरीले गुरुङविरुद्ध जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गरेको छ ।

जिल्ला अदालत गोरखाबाट आइतबार नै पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिएको प्रहरी निरीक्षक शङ्कर आचार्यले जानकारी दिनुभयो ।

गएको मंसिर १५ गते राति गुरुङले गाउँ नजिकैको गोठमा सुतिरहेकी ती बालिकाको मुखमा रुमाल कोचेर बलात्कार गरेको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको छ । रासस

About The Author

अन्य समाचारहरु: