Wed. Mar 12th, 2025

भूकम्पपछि धादिङमा महिला हिंसाका घटना बढ्यो

sanchirika२० मंसिर, धादिङ – धादिङको जीवनपुर ८ का सीता परियारको परिवार भूकम्पपछि जस्ताको छानाको अस्थायी टहरा बनाएर बसिरहेका छन् । बैशाख १२ गते गएको विनाशकारी भूकम्पले घर ढलाएपछि नजिकैको खाली ठाँउमा जस्ताको टहरा बनाएर बसेका हुन् । श्रीमान, ३ छोरा, ३ बुहारी, नाती, नातिना सहित १५ जनाको परिवार एउटै कोठमा सुत्नुपर्दा विभिन्न समस्या भएको उनी बताउँछिन् ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भमा आज सञ्चारिका समुहले धादिङबेसीमा आयोजना गरेको भूकम्पपछिको पुनस्र्थापनाका विषयक कार्यक्रममा आफ्नो समस्या पोख्दै विशेषत महिनावारी भएको समयमा साह्रै गाह्रो हुने बताइन् । एक त शारीरिक समस्या हुने अर्को तर्फ पानीको अभावका कारण सरसफाइमा ध्यान दिन नसकेको पनि आयोजित कार्यक्रममा बताइन् । यस्ता धेरै महिलाहरुले भूकम्पपछि टहरामा बस्दा भोग्नु परेका समस्याका बारेमा बताए ।

भूकम्पपछि विशेषत परिवारका सबैजना एउटै अस्थायी टहरामा बस्नु पर्ने बाध्यताका कारण महिला माथि बढी हिंसा हुने गरेको कार्यक्रममा बताइएको छ । सहयात्री समााज नेपालका अनुसार बैशाख १२ गते गएको विनाशकारी भूकम्पपछि धादिङमा २०० भन्दा बढी घरेलुहिंसाका घटनाहरु भएका छन् । भूकम्पछि ५० जना बलात्कृत भएका छन् भने ५ जनालाई बलात्कारको प्रयास गरिएको समाजका कार्यकारी निर्देशक राधिका सापकोटाले जानकारी दिइन् ।

गत वर्ष १० वटा मात्र बलात्कारका घटना भएकोमा भूकम्पपछि असुरक्षाका कारण बढेको उनको भनाई छ । सरकारले भुकम्पपछि पुर्नस्थापनाको काम अघि नबढाउदा जाडो बढेसँगै अस्थायी टहरामा बस्नका लागि समस्या भएको पीडितहरुको गुनासो छ ।
कार्यक्रममा सहभागीहरुले उठाएका सवालमा धादिङका प्रमुख जिल्ला अधिकारी दिपक काफ्लेले सरकारको नीति अनुसार काम गर्ने बताए । भूकम्पपछि अस्थायी टहरामा बस्दै आएकाहरुलाई जिल्ला दैविक प्रकोप उद्धार समितिले राहत र पुनस्थापनाको लागि सहयोग गर्न तत्पर रहेको बताए । भूकम्पमा परी घाईते भएका व्यक्तिहरुको उपचारमा लागेका व्यक्तिको खर्च कुनै पनि असपतालले दिएको भए त्यसको कागजात सहित निवेदन आएमा त्यसको सुनुवाई सरकारबाट हुने पनि कार्यक्रम मार्फत जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका विमला राई पौडेले योजना आयोगले पुन निमार्ण प्राधिकरणको विषयमा संसदमा छलफल भईरहेको बताइन् । भुकम्प पिडितहरुले आफ्नो घर आफैले बनाउनु पर्ने त्यसको लागि सरकारले २ लाख रुपैया सहयोग गर्ने, भुकम्प प्रतिरोधि घर प्राविधिकको सल्लाह अनुसार बनाउनु पर्ने लगायतका बारेमा प्रभावितहरुलाई जानकारी गराइसकेको र त्यसका बारेमा छलफल भइरहेको समेत बताइन् । उनले अव बन्ने सरकारी भवन तथा अन्य संरचनाहरु बाढि, पहिरो लगायतका जोखिम नहुने स्थानमा बनाउनुपर्ने र सबै महिला बालबालिका तथा अङ्गगमैत्री हुनुपर्ने पनि बताइन् ।

कार्यक्रममा उठेका विषयबस्तुहरुलाई माथिल्लो निकायसम्म पु¥याउन विशेष जोड गर्ने समूहका अध्यक्ष निर्मला शर्माले बताइन् ।

About The Author

अन्य समाचारहरु: