Wed. Mar 12th, 2025

विश्व मानव अधिकार दिवस धादिङमा पनि मनाइने

WHRD२० मंसिर,  धादिङ – ६७ औँ विश्व मानव अधिकार दिवस धादिङमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।

दिवस मनाउने सन्दर्भमा आज धादिङबेसीमा भएको छलफल कार्यक्रममा भूकम्पपछि दलित, जनजाति, महिला, बालबालिका, अपाङगता भएका व्यक्तिहरको मानव अधिकार हनन सम्बन्धी अन्र्तक्रिया कार्यक्रम गरिने भएको छ ।

मानव अधिकार दिवस मूल आयोजक समिति धादिङका आयोजनामा मनाउन लागिएको कार्यक्रमका लागि विभिन्न संघसंस्थाहरुलाई जिम्मेबारी दिइएको छ । दलितका लागि दलित सेवा संघ र फेडो, बालबालिकाहरुका लागि आइसीडिसी धादिङ र प्रयाय नेपाल, अपाङगता भएकाहरुलाई अपाङग महिला संघ, खाद्य सम्बन्धी फियान नेपाललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै दिवसको सन्दर्भमा धादिङबेसीमा मैनबत्ती पनि प्रज्वलन गरिने कार्यक्रम संयोजक सीताराम अधिकारीले जानकारी दिए । यस वर्षको नारा हाम्रो अधिकार, हाम्रो स्वतन्त्रताः जहिले पनि तय गरिएको छ ।

About The Author

अन्य समाचारहरु: