Wed. Mar 12th, 2025

भूकम्पपीडितको यथार्थ अवस्था बुझ्न निष्पक्ष छानबिन समिति आवश्यक

bhukampa१९ मंसिर, धादिङ – विनाशकारी भूकम्पबाट पीडित भएका परिवारको यथार्थ अवस्था बुझ्नका लागि निष्पक्ष छानबिन समिति बनाउनु पीडितहरूको एक अन्तरसंवाद कार्यक्रमका बक्ताहरूले बताएका छन् ।

लोकतान्त्रिक स्वतन्त्रता तथा मानवअधिकार संस्थाद्वारा भूकम्पपछिको मानवअधिकारको स्थिति र पीडितको अवस्थाबारे जानकारी प्राप्त गर्न धादिङबेँसीमा आयोजित अन्तर संवाद कार्यक्रमका सहभागीहरुले सो कुरा बताएका हुन् ।

संस्थाका अध्यक्ष ओमप्रकाश अर्याल, राष्ट्रिय मानवअधिकार आयोगका पूर्व आयुक्त सुशील प्याकुरेललगायत मानवअधिकारकर्मीको सहभागिता रहेको सो कार्यक्रममा स्थानीय अधिकारकर्मी तथा नागरिक समाजका अगुवाले भूकम्पपीडितको तथ्याङ्क सङ्कलन गर्दा कुनै पनि क्षति नभएकाको पूर्ण क्षतिको र क्षति भएकाले प्रमाणपत्र प्राप्त गर्न नसकेको अवस्थासमेत रहेकाले त्यसको छानबिन हुनुपर्ने आवश्यक रहेको भनाइ राखेका थिए ।

विभिन्न सङ्घसंस्था तथा सरकारबाट राहत विवरण गर्दा टाढाबाटाले दोहोरोतेहोरो लिएको सोझाले एक पटक पनि पाउन नसकेको अवस्था रहेको र सरकारबाट पीडितलाई के कस्ता सुविधा कहिलेसम्ममा उपलब्ध गराउने हो ठोस नीति जनसमक्ष आउन नसक्दा घरबास पीडित भएका घर नबनाइ सरकारको मुख ताकेर शिविरमै बस्न बाध्य भइरहेको गुनासो सहभागीले राखेका थिए ।

वैशाखमा गएको विनाशकारी भूकम्पबाट धादिङ जिल्लामा ६ सय ८१ जनाको मृत्यु, चार हजारभन्दा बढी घाइते, ४१ हजार तीन सय १३ वटा घर पूर्णरुपले क्षति भएको, हजारौँको सङ्ख्यामा पशुपक्षी मर्नुका साथै जिल्लाका अति विकट धादिङ, तिरकोङ, सेर्तुङ, भर्लाङलगायतका ठाउँका चार हजारभन्दा बढी बासिन्दा विभिन्न शिविरमा कष्टपूर्ण जीवन बिताइरहेका छन् ।रासस

About The Author

अन्य समाचारहरु: