१९ मंसिर,काठमाडौं – काठमाडौंको हल्चोकमा माइक्रोबसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको ज्यान गएको छ ।
नम्बर नखुलेको सेतो माइक्रोले बा ६० प ७३०९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चितवन घर भइ अहिले स्वयम्भु बस्ने ३६ वर्षका गोकर्ण विश्वकर्माको ज्यान गएको प्रहरीले जनाएको छ ।
विश्कर्माको उपचारको क्रममा महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । माइक्रो बस र चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।