मंसिर१९, सिरहा – संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्द चार दलका शीर्ष नेता आइतबार नयाँदिल्ली जाँदैछन् । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा आइतबार बिहान दिल्ली जान लागेका हुन् ।
मोर्चा स्रोतका अनुसार उनीहरु आइतबार बिहान ८ः३० बजे इन्डियन एयरलाइन्सको उडानबाट दिल्ली प्रस्थान गर्दैछन् । उनीहरुसँगै मोर्चाका अन्य पाँच नेता पनि जाने जानकारी स्रोतले दियो ।
उनीहरुले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री सुषमा स्वराज, विपक्षी दल कांग्रेस आइकी अध्यक्ष सोनिया गान्धीलगायत प्रभावशाली नेतासँग भेटेर मधेसमा १ सय १० दिनदेखि जारी आन्दोलन र मोर्चाको मागबारे ब्रिफिङ गर्ने कार्यक्रम रहेको मोर्चा संबद्ध नेताले बताए । नागरिक दैनिक