
मंसिर,१९-काठमाडौं । वैदेशिक रोजगारीका क्रममा ठगिनेमध्ये अधिकांश जनजाति, दलित मधेसी तथा मुस्लिम समुदायका व्यक्ति हुने गरेको पाइएको छ । वैदेशिक रोजगारमा गएर ठगिएको उजुरी गर्नेहरुमा ६० प्रतिशतभन्दा बढी दलित मधेसी तथा मुस्लिम समुदायका व्यक्ति हुने गरेको तथ्यांक पिपुल फोरमले सार्वजनिक गरेको छ ।
पिपुल फोरमले आयोजना गरेको एक दिन अभिमुखिकरणका क्रममा संस्थाका अध्यक्ष सोम लुईटेलले वैदेशिक रोजगारमा भएका पीडितमध्ये प्रमुख १० जिल्लभित्र सर्लाही, काठमाडौं, सप्तरी, नुवाकोट, धादिङलगायतका जिल्ला पर्ने बताए ।
वैदेशिक रोजगारमा पुगेर पीडित भएका मध्ये ९१ प्रतिशत पुरुष र नौ प्रतिशत महिलाका उजुरी परेको पनि लुईटेलले बताए ।नयाँ पत्रिकामा