Wed. Mar 12th, 2025

अपाङ्गता व्यक्तिहरु दिशापिसाब गर्नबाट नै बञ्चित हुन्छन्

apanga
१७ मंसिर,  धादिङ – अपाङगता भएका व्यक्तिहरु दिशापिसाब गर्नबाट नै बञ्चित हुने गरेको एक कार्यक्रमका सहभागीहरुले बताएका छन् ।

अर्थपूर्ण समावेशीकरण सबै क्षमताका लागि पहुँच र सशक्तिकरण भन्ने नाराका साथ २४ औँ अपाङ्गता दिवसको अवसरमा महिला तथा बालबालिका कार्यलय धादिङले धादिङबेसीमा आयोजना गरिएको कार्यक्रममा घरदेखि, सरकारी कार्यलय, विभिन्न संघसंस्थाहरुमा काम विशेषले जादा शौचालय गर्न नै नमिल्ने खालको बनाउने गरेको बताएका छन् । यसले गर्दा समस्या हुने गरेको उनीहरुको भनाई छ । धादिङमा महिला तथा बालबालिका कार्यलयमा मात्र अपांगमैत्री शौचालय रहेको छ ।

जिल्लामा ७ प्रकारका अपांगता भएका व्यक्तिहरु रहेका छन् तर पनि अपाङगता सम्बन्धी बनेका कानुनमा पहिचान र अधिकारका कुराहरुलाई स्पष्ट नलेखिएको बताएका छन् ।

विशेष गरेर शैक्षिक क्षेत्र, अस्पताल, यातयातका साधन तथा भौतिक पूर्वाधारका सेवाहरुमा अपाङग भएका व्यक्तिलाई सेवा लिन गाह्रो हुने गरेको कार्यक्रममा सहभागीहरुले बताएका छन् ।

महिला तथा बालबालिका कार्यलय धादिङका निमिक्त महिला तथा बालबालिका प्रमुख इश्वरी मल्ल शाहको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रशासन कार्यलय धादिङका प्रशासकिय अधिकृत नन्दलाल शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: