सरिता श्रेष्ठ/ १७ मंसिर, धादिङ – धादिङमा ६ हजार ८ सय ५३ जना अपाङ्गता भएका व्यक्तिहरु रहेको अपाङ्गता संघ धादिङले जानकारी दिएको छ ।
२०६८ सालको जनगणना अनुसार ३ हजार ६ सय ९९ जना पुरुष र ३ हजार १ सय ५४ जना महिलाहरु अपाङ्गता भएको जनाइएको छ ।
शारीरिक अपाङ्गता, धादिङ जिल्लामा दृष्टिविहिन, बहिरा, श्रवण, मानसिक, बौद्धिक र बहुअपाङ्गता गरी ७ प्रकारका अपाङ्गता भएका व्यक्तिहरु रहेका छन् । यी मध्ये सबैभन्दा बढी शारीरिक अपाङ्गता भएका व्यक्तिहरु बढी रहेका छन् । शारीरिक अपांगता भएका २ हजार ५ सय ६२ जना रहेको अपांग संघ धादिङका उपाध्याक्ष अश्विन लंम्सालले जानकारी दिए ।
त्यस्तै दुष्टिविहिन अपाङ्गता भएका १ हजार ४ सय ४० जना, बहिरा १ हजार २ सय ७ जना, श्रवण १ सय ४४ जना, मानसिक अपाङ्गता ४ सय ४० जना, बौद्धिक ४ सय १९ जना र बहुअपाङ्गता भएका ६ सय ४० जना रहेका छन् ।
यी अपाङ्गता भएका व्यक्तिलाई महिला तथा बालबालिका कार्यलय धादिङले अपाङ्गताको अवस्था हेरेर रातो, निलो, पहेलो र हरियो कार्ड प्रदान गर्ने गरेको महिला तथा बालबालिका कार्यलय धादिङका निमिक्त महिला तथा बालबालिका प्रमुख ईश्वरी मल्ल शाहले जानकारी दिए ।