धादिङ -राष्ट्रिय स्वाधिनताको आन्दोलन चलिरहेको बेला अझ राष्ट्रिय भावनालाई बलियो बनाउने उद्देश्यसहित सिने साइट डिजिटलको प्रस्तुतिमा वर्तमान सांसदको समेत अभिनय रहेको राष्ट्रिय गीतको छायांकन सोमबार काठमाडौंको रत्नपार्कमा सकिएको छ ।
गायक सगुन तामाङको स्वरमा रहेको ‘उठ गोरखाली जुट नेपाली’ नामक गीतको छायाँकन सकिएको हो । सञ्चारकर्मी अर्जुनबहादुर तामाङको निर्देशन रहेको सो गीतमा विश्व सामु नेपाललाई चिनाउन र देशको निम्ति कर्म गर्न युवाहरुलाई आव्हान गरिएको छ ।
राष्ट्रिय गीतमा सांसदद्वय जगदीश्वर नरसिंह केसी, यशोदाकुमारी लामा, हास्य कलाकारद्वय निरु खड्का (ठ्यास कुमारी) अभिनेता शिवहरि नेपाल, पत्रकार बिष्णु निश्चल, अन्य कलाकारमा गायक तामाङसहित युवा व्यवसायीद्वय राजकुमार डंगोल, सविन लामा, राजनितिज्ञ कृष्ण कुईकेल, संजिता ङार्थेन, जयन्द्र लिम्बू, इशार थिङ, निराजन तामाङ, रुपा लिम्ब , मनोज स्याङ्तान, सर्मिला कुटुलयायतको अभिनय रहेको छ ।