Wed. Mar 12th, 2025

रसुवागढीबाट चिनियाँ सामग्री भित्रिने क्रम बढ्यो

rasuwa-gadi-naka१६ मंसिर, रसुवा – उत्तरी नाका रसुवागढी भई चीनबाट नेपाल भित्रने सामग्रीको परिणाम दिनानुदिन बढ्दै गएको छ ।

रसुवा भन्सार कार्यालय, टिमुरेका अनुसार सयौँ कन्टेनर केरुङबाट फर्की भन्सार परीक्षणका लागि लाइनमा बसिसकेका छन् भने आयातित सामानमा इलेक्ट्रिक तथा तयारी कपडालगायत छन् ।

भूकम्पपछि बन्द रहेको नाका गत असोज २९ गतेदेखि सञ्चालनमा आएपछि पेट्रोलियम पदार्थबाहेक सोमबार साँझसम्म रु एक करोड ७७ लाख ६३ हजार राजस्व उठिसकेको भन्सार अधिकृत फणिन्द्र अर्यालले जानकारी दिए।

मितेरी पुलबाट रसुवाका नागरिकबाहेक अन्य नागरिकलाई केरुङ जान नदिएको, रसुवाका सवारी चालकले केरुङ पुगी कन्टेनर ल्याउन जनशक्ति नपुगेको, मालधनी समेत जान नपाउँदा आफूले मगाएको सामान एकसाथ नेपाल भित्रिन नपाएकाले कूटनीतिक पहलबाट एक दिने पास उपलब्ध गराइदिन सरकारसँग आग्रह गरिएको पासाङ ल्हामु कन्टेनर सङ्घका उपाध्यक्ष शशी अधिकारीले जानकारी दिए। रासस

About The Author

अन्य समाचारहरु: