१६ मंसिर, काठमाडौं- अर्थमन्त्रालयले भूकम्पपीडितहरुलाई जाडोयाममा न्यानो कपडा खरिद गर्न ६ अर्ब रुपैयाँ निकासा दिएको छ ।
मन्त्रालयले भूकम्पपीडितलाई वितरण गर्न प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा रकम निकासा दिएको हो । गत १२ वैशाख र त्यसपछिका पराकम्पनले घर पूर्ण रुपमा क्षति पुर्याएका ६ लाख परिवारले १० हजार रुपैयाँका दरले न्यायो कपडा किन्न अनुदान पाउने छ ।
सरकारले देशको वर्तमान आर्थिक अवस्था र सरकारको तत्कालको कार्यदिशासम्बन्धी श्वेतपत्रमार्फत भूकम्पपीडितलाई न्यानो कपडा किन्न मंसिरभित्र १० हजार रुपैयाँ अनुदान दिने घोषणा गरेको थियो । नयाँ पत्रिका