Fri. Jan 31st, 2025

भूकम्पपछि बन्द भएको माथिल्लो तामाकोशीको निर्माण सुरु हुने

tamakoshi १५ मंसिर, काठमाडौं – गत बैशाखमा गएको भूकम्पका कारण निर्माण कार्य अवरुद्ध भएको ४५६ मेगावाटको माथिल्लो तामाकोशी आयोजना आउँदो हप्तादेखि निर्माण सुरु हुने भएको छ । सरकारले जलविद्युत आयोजनाहरुलाई तेल उपलब्ध गराउने निर्णय गरेपछि तामाकोशीको काम अघि बढ्ने भएको हो ।

कूल लागत ३५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको तामाकोशी आयोजना नेपालीहरुको आफ्नै लगानीमा आर्थिक वर्ष ०६७ र०६८ देखि निर्माणको सुरु भएको हो । बैसाखको भूकम्पपछि यो आयोजनाको काम रोकिएको छ ।

दसैंलगतै निर्माण थाल्ने कम्पनीको योजना भए पनि पेट्रोल र डिजेलको संकटका कारण निर्माण सुरु हुन सकेको थिएन । सरकारले आवश्यकताअनुसार पेट्रोलियम पदार्थको बन्दोबस्त गरिदिने प्रतिवद्धता गरेपछि आयोजना आगामी हप्तादेखि सुरु हुने आयोजनाका प्रवक्ता गणेश न्यौपानेले जानकारी दिए । आयोजनालाई हप्तामा ५० हजार लिटर पेट्रोलियम पदार्थको आवश्यकता रहेको उनले बताए ।

‘पेट्रोलियम पदार्थको संकटका कारण आयोजना निर्माणको काम सुरु गर्न नसकिएको भन्दै पेट्रोलियम पदार्थको व्यवस्था मिलाउन उर्जा मन्त्रालयमा निवेदन दिएका थियौं’ न्यौपानेले भने- उर्जाले आपूर्ति मन्त्रालयलाई सिफारिस गर्‍यो र आपूर्ति मन्त्रालयले बुधबारसम्ममा उपलब्ध गराउने बचन दिएको छ ।’

About The Author

अन्य समाचारहरु: