१५ मंसिर, धादिङ – धादिङमा अहिलेसम्म १ सय ७७ जनामा एचआईभी/एड्स संक्रमण भेटिएको छ ।
जिल्ला स्वास्थ्य कार्यलय धादिङका अनुसार ८० जना महिला, ९७ जना पुरुष र १५ जना बालबालिकामा एचआईभी/एड्सको संक्रमण रहेका छन् । ती मध्ये २ जनाको मृत्यु भइसकेको छ ।
एचआईभी/एड्स लागेका मध्ये अहिले ४५ जनाले औषधी सेवन गरिरहेका छन् । त्यसमध्ये २४ जना पुरुष, २१ जना महिला र ४ जना बालबालिका रहेका छन् । एचआईभी/एड्स प्राय २५ देखि ३९ वर्ष सम्मका मानिसहरुले बढी मात्रामा देखिएको स्वास्थ्य कार्यलयले जनाएको छ ।
मजदुरीका लागि विदेश जाने पुरुषहरुले असुरक्षित यौन सम्पर्क गर्दा संक्रमित भई घर आउँदा श्रीमती र जन्मने बच्चामा पनि एचआईभिको संक्रमण फैलने गरेको जिल्ला स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत मोहन प्रसाद सुवेदीले जानकारी दिए ।
अहिले धादिङमा एचआईभी/एड्सका रोगीको संख्या घटेको छ । विभिन्न जनचेतामूलक कार्यक्रम, नाटक, गीत तथा अन्य विभिन्न मान्यमबाट एचआईभी/एड्सका बारेमा जानकारी गराइरहेको पनि रोगीको संख्या घटेको सुवेदीले बताए ।