Fri. Apr 11th, 2025

आगामी बजेटमा भुकम्प पीडितको सम्बोधन हुन्छ : पाण्डे

rajendra_pandey_UML_dhahding१४ मंसिर,  धादिङ –  आगामी जिल्ला परिषद्बाट भुकम्प पीडित नागरिकहरुलाई सम्बोधन हुनेगरी बजेट बिनियोजन गर्नुपर्ने एमालेका पोलिट ब्युरो सदस्य एवं पुर्व स्थानीय विकास मन्त्री राजेन्द्र प्रसाद पाण्डेले बताएका छन् ।

आर्थिक बर्ष २०७३/०७४ को बार्षिक जिल्ला विकास योजना तयारीको लागि आयोजना गरिएको पुर्व योजना गोष्ठीमा सम्बोधन गर्दै पाण्डेले भुकम्प पीडितको जनजिविकालाई सम्बोधन हुने गरी बजेट बिनियोग गर्नुपर्ने धारण राखे । धादिङ जिल्ला प्राकृतिक सम्पदाले धनी जिल्ला भएर पनि टुकी मुनीको अध्यारो भनेझै भईरहेको समेत धारणा राखे । आगामी जिल्ला परिषदमा पुनःनिर्माण, सडक विस्तार, झोलुङगे पुल निर्माण, पर्यटन विकास र आधुनिक कृषि प्रणाली लक्षित कार्यक्रम तथा योजना नीति तथा कार्यक्रममा पार्नुपर्नेमा जोड दिए ।उनले धादिङको तीन वटै निर्वाचन क्षेत्र अन्र्तरगतका स्थानहरुमा छिमेकी जिल्लाहरु जोडिने गरी मोटरबाटो निर्माण गर्नुपर्ने धारणा राखे।

यसैगरी नेकपा एमालेका नेता तथा धादिङ निर्वाचन क्षेत्र नम्बर २ का सांसद गुरु प्रसाद बुर्लाकोटीले जिल्लाको विकासको लागी कृषि क्षेत्रलाई प्राथमिकता दिनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका सांसद तथा निर्वाचन क्षेत्र नम्बर १ सांसद धन बहादुर घलेले दार्खा र झार्लाङको सिमानामा रहेको डुन्डुरेखोलामा बेलिबृज बनाएर उत्तरी धादिङमा मोटरबाटो पु¥याउनृु पर्ने समेत धारणा राखे ।

गोष्ठीमा समानुपातिक सांसद दिलमान पाख्रीन, नेपाली काँग्रेसका सचिव भक्त लामा, एकिकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष राम बहादुर भण्डारी लगायत अन्य राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुले अहिलेको बार्षिक योजना पुरानै शैलीको भएको भन्दै आलोचना गरेका थिए । भुकम्प पीडितलाई सम्बोधन गर्ने नीति तथा कार्यक्रम नभएको भन्दै केहि अतिथीहरुले असन्टुष्टी पोखे । यसैगरी भुकम्प पीडित नागरिकहरुको पुनःस्थापना र शिविरमा बसेका नागरिकहरुको उचित व्यावस्थापन गर्नको लागी पनि जिल्ला परिषदबाटै ठोस योजना बन्नुपर्ने सहभागीहरुले बताएका थिए ।

About The Author

अन्य समाचारहरु: