Wed. Mar 12th, 2025

क्रियाशिल पत्रकार महिला धादिङको अध्यक्षमा पुनः गायत्री खतिवडा चयन

wwj dhading team१४ मंसिर, धादिङ – क्रियाशिल पत्रकार महिला जिल्ला शाखा धादिङको अध्यक्षमा पुनः गायत्री खतिवडा चयन भएकी छिन् ।

संस्थाको आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले खतिवडा सहित ९ सदस्यीय नयाँ कार्यसमिति सर्व सम्मत रुपमा चयन गरेको छ । कार्यसमिति उपाध्यक्षमा सरिता नेपाली, सचिवमा सरिता श्रेष्ठ, सह सचिवमा सुनिता तामाङ र कोषाध्यक्षमा डोल्मा मम्बा चयन भएका छन् ।

त्यस्तै कार्य समिति सदस्यहरुमा मञ्जीता तामाङ, रिता बानिया, सपना प्याकुरेल र आइतीमाया तामाङ रहेका छन् । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङका अध्यक्ष नवराज छत्कुलीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा प्रेस युनियनका वाग्मती अञ्चल इन्चार्ज मुरारी अधिकारी, रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्मा, क्रियाशिल पत्रकार महिला धादिङका सल्लाहाकार राधिका सापकोटा लगायत जिल्लामा क्रियाशिल महिला पत्रकारहरुको उपस्थिति रहेको थियो ।

About The Author

अन्य समाचारहरु: