मैले नेपाली पत्रकारीता क्षेत्रमा लामो समयसम्म काम गर्नुभएको पत्रकार रविन्द्र मिश्रको एउटा लेख पढेको थिए । ‘पत्रकारको कुनै जात, कुनै पार्टी र कुनै रङ्ग हुदैन ।’ तर जव पत्रकारीता क्षेत्रमा हात हालेर हाल पत्रकारीता क्षेत्रमा ताते गर्दै गर्दाको अवस्थामा बुझेँ सबैभन्दा भद्रगोल परिस्थिती रहेछ नेपाली पत्रकारीता । अन्य क्षेत्रमा काम गर्नको लागि सर्टिफिकेट र अनुभवको प्रमाणपत्र पेश गर्नुपरेपनि पत्रकारीताको क्षेत्रमा प्रवेश गर्नको लागि न कुनै शैक्षिक योग्यताको सर्टिफिकेट न कुनै क्षेत्रमा काम गरेको अनुभवको प्रमाणपत्र पेश नै गनुपर्छ ।
‘आवाज विहिनहरुको आवज हो पत्रकारीता’ भनेपनि आखिर पत्रकारले कस्को आवज बोलिरहेका छन् त ? यसको यथार्थ बुझ्नु आवश्यक छ, बर्तमान नेपाली पत्रकारीता क्षेत्रमा । धादिङ लगायत अन्य जिल्लाहरुमा हेर्ने हो भने पत्रकारीता क्षेत्रमा लागि परेका पत्रकारहरु भन्दा पनि विभिन्न संघ–संस्था, पेशा व्यवसायमा आवद्ध रहेका प्रतिष्ठित व्यक्तिहरुको जमात नै बढी रहेको छ । कुनै एक राजनीतिक दलको झन्डा ओढेर आन्दोलनमा हिड्ने व्यक्तिहरु आफु स्वतन्त्र पत्रकार भएको भन्दै दावी गरिरहेका छन् । पत्रकारीता क्षेत्रमा कलम चलाएर नेपाली पत्रकारीको शीर उच्च बनाउने प्रभुत्व पत्रकारहरु प्रति नतमस्त छ ।
म स्वंयम व्यक्ति कुनै लेखक र स्तम्भकार हुदै होईन यो सबैमाझ स्पष्ट पार्नु चाहन्छु । मेरो लेख कुनै व्यक्ति, संस्था र पार्टी प्रति ईङगीत गरेको पनि हुदै होईन । हुनत संसार बढल्नको लागि सुरुवात आफैँबाट गर्नुपर्छ भनेझै पत्रकारीता क्षेत्रमा निरन्तर कलम चलाउने पत्रकारलाई मात्र पत्रकार भन्ने सुरुवात धादिङ जिल्लाबाट सुरुवात गर्न सके कस्तो हुन्थ्यो होला ?
अहिलेको वर्तमान अवस्थालाई हेर्ने हो भने धादिङमा पनि पत्रकारीता क्षेत्रमा लागेका व्यक्ति भन्दा अन्य क्षेत्रमा लागेका व्यक्तिहरुको जमात नै ठुलो रहेको अवस्था हामी माझ छर्लङग छ । पत्रकारको कुनै रङ्ग हुदैन भन्दा भन्दै पनि अहिले विभिन्न दल निकट निर्माण भएका पत्रकारहरुको संगठनले पनि स्पष्ट पार्छ आखिर कुन हो त पत्रकार ?
प्रसङ्ग बदलौ समाजलाई सु–सुचित बनाउने पत्रकारको दायित्व हो तर अहिलेको अवस्थामा भएको कोठे पत्रकारीता, चोरी पत्रकारीता, मनोवैज्ञानिक पत्रकारीताले गर्दा न पत्रकारको दायित्व नै बोध भएको छ, न समाजलाई सु–सुचित बनाउने काम नै गरेको छ । एउटा सन्चार माध्यमले प्रसारण र प्रकाशित गरेको समाचार अर्को सन्चार माध्यमले प्रसारण र प्रंकाशन गरेको समाचार बीच नै अर्को नयाँ समाचार बन्ने गर्छ । अनि स्रोता र पाठकले कसरी विश्वास गर्छन त ? यो गम्भिर प्रश्न बुझ्न जरुरी छ अहिलेको पत्रकारीता क्षेत्रमा लागेका पत्रकारहरुले । राजनीतिक आस्था र आफ्नो स्वार्थपुर्तिको लागि बनाउने समाचारले कसरी समाज परिवर्तन गर्न सकिन्छ ? अलि फराकीले दिमागले सोच्ने की ? अघिपछी राजनीतिक दलको प्रचार प्रसार गर्नको लागि झन्डा बोकेर हिड्ने, सार्वजनिक स्थानमा नेता जस्तै भाषण ठोकेर हिड्ने, गाँउ–गाँउमा गएर आफु निकट दलको स्पष्ट धारणा राख्दै हिड्ने व्यक्तिहरुलाई कसरी पत्रकार भन्ने ? छुट्याउने जिम्मा प्रभुत्व हामी सबैको हो ।
डाक्टर बन्न, पाईलट बन्न, वकिल बन्न त्यही क्षेत्रको विषय अध्ययन गरेर पास हुनपर्छ । तर पत्रकार बन्नको लागि त्यस्तो केहि विधि र प्रक्रिया छैन । जो, जसरी, जस्तो पनि पत्रकार बन्ने भएपछि किन दुःख गर्नुप¥यो, पत्रकार बन्नको लागि ? नेपाली पत्रकारीता समाज र देश प्रति भन्दा नि दलको प्रचार प्रसार र स्वार्थपुर्तिको लागि भएको छ । यो मेरो धारणा हो ।
यो लेख सँगै विभिन्न टिका टिप्पणी सृजना होलान तर कुरोको चुरो बुझ्ने आदरणिय पाठकहरुले यसलाई सहज स्विकार गर्नुहुनेछ भन्ने मेरो विश्वास रहेको छ । लेख पढ्दै जादा तपाईहरुको मनमा पत्रकार प्रति वितृष्णा पैदा भएको होला होईन ? तर यस्तो कदापि होईन पत्रकारीता क्षेत्रमा लागेर कपाल फुलिसकेका अग्रज पत्रकारहरुको अनुकरणीय कामको पनि प्रसंशा गर्न भुल्नु हुदैन ।