Tue. Mar 4th, 2025

किन खिन्न छन् आपूर्तिमन्त्री पुन

Ganeshman-Pun१४ मंसिर, काठमाडौं – वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनको निद्रा बिहान पाँच नबज्दै खुलिसक्छ। निद्राबाट ब्युँझिनेबित्तिकै उनी तेल र ग्यास सम्झन्छन्।

दिनरात तेल र ग्यासका लागि मेहनत गरिरहँदा पनि आपूर्ति व्यवस्था सहज नभएपछि आफैं खिन्न भएको उनले बताए।भारतीय नाकाबन्दीका कारण सबैभन्दा व्यस्त मन्त्री पनि उनै हुन्। एक महिना वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समालिसकेका मन्त्री पुन इन्धनको आपूर्ति व्यवस्था सहज बनाउन ‘चेन अफ कमान्ड’ नै नमिलेको निष्कर्षमा पुगेको  छ।

उनले पेट्रोलियम पदार्थको आपूर्ति र वितरणमा आफूले चाल्न खोजेका कदममा सुस्तता आउनुमा सरकारी संरचनाको ‘चेन अफ कमान्ड’लाई नै जिम्मेवार ठहर्‍याउँछन्।चीनसँग इन्धन आपूर्तिका लागि गरिने सम्झौता, रक्सौलबाहेक भारतका अन्य नाकाबाट आपूर्ति व्यवस्था सहज बनाउन गरिएको प्रयास, प्राप्त भएको इन्धन वितरणमा चाल्न खोजिएका कदम, वैकल्पिक इन्धन आपूर्तिका लागि चाल्न खोजिएका अभियान र दीर्घकालीन समाधानका उपाय खोज्न आफूले गरेको प्रयास सरकारी संरचनाको ढिलासुस्तीले परिणाममुखी हुन नसकेको मन्त्री पुनले बताए।

वाईसीएल पृष्ठभूमिबाट जनप्रतिनिधि हुँदै मन्त्री भएका पुन चेन अफ कमान्डमा फटाफट निर्णय र कार्यान्वयन गराउन चाहन्छन्। तर त्यस्तो भइरहेको छैन । ‘सरकार सञ्चाल प्रणाली साह्रै ढिलासुस्ती छ। व्यक्ति तोक्दिनँ तर चेन अफ कमान्ड नै मिलेको देख्दिनँ। अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: