१३ मंसिर, धादिङ – कालुपाण्डे मार्ग अन्र्तगत धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ६ कालीदहमा बन्दकर्ताले आज मालवाहक ट्रकमा आगजनी गरेका छन् ।
विप्लव नेतृत्वको माओवादीले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै ना ४ ख ७१३० नम्बरको ट्रक जलाएका हुन् ।
हैटौडाबाट इट्रा बोकेर ल्याएको गाडीका चालकलाई ओराली बन्दकर्ताले आगजनी गरेको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए । आगजनीका कारण ट्रकमा क्षति पुगेको छ ।
विप्लव नेतृत्वको माओवादीले गरेको बन्दका कारण सदरमुकाम धादिङबेसीबाट चल्ने गाडीहरु चल्न सकेको छैन भने राजमार्ग क्षेत्र पनि ठप्प भएको छ । सदरमुकामका पसल, बजार पनि बन्द रहेका छन् ।