१२ मंसिर, धादिङ – भुकम्प प्रभावित समुदायको सहभागीतामा आज धादिङवेशीमा भुकम्प पिडितहरुको अवस्था र अहिलेको समस्याबारे अन्तरक्रिया गरिएको छ ।
सामुदायिक प्रकोप ब्यवस्थापन समिति राष्ट्रिय संजाल नेपालले विभिन्न गाउँ विकास समितिबाट आएका भुकम्प पीडित प्रतिनिधिहरुसंग भुकम्पपछिको स्थानियहरुको अवस्था र भुकम्पले निम्त्याएको समस्याको बारेमा अन्तरक्रिया गरेको थियो । अन्तरक्रिया कार्यक्रममै सामुदायिक प्रकोप ब्यवस्थापन समिति धादिङको तदर्थ समिति पनि गठन गरिएको छ ।
जस्को अध्यक्षमा नारायण तिमल्सेना, उपाध्यक्षमा सविता अर्याल, सचिवमा उमेश रुपाखेती, सहसचिवमा लक्ष्मी शाह, कोषाध्यक्षमा हरि विश्वकर्मा र सदस्यहरुमा मनिष दुवाडी, बाबुराम छत्कुली, दुर्गा अधिकारी र अमृत थापा रहेका छन । प्रकोप ब्यवस्थापन समिति नेपालमा आएका विभिन्न खाले प्रकोपबाट पिडित भएकाहरुको हक अधिकार र न्याय स्थापित गराउनको लागि बकालत गर्ने सस्था भएकाले गत वैशाख १२ गतेको विनाशकारी भुकम्पका कारण धादिङमा पनि हजारौ पिडित बनेपछि तिनिहरुको पक्षमा सकारको ध्यान आकृष्ट गराउनको लागि गठन गरिएको प्रकोप ब्यवस्थापन समिति राष्ट्रिय संजालका अध्यक्ष जगन्नाथ कुर्मीले जानकारी दिए ।
गत वैशाख १२ गतेको भुकम्प पछि धादिङका गाउँ गाउँमा बास्तविक भुकम्प पिडितहरुले राहत नपाएको र नक्कली पिडितहरु बढी भएकाले बास्तविक पिडितहरुको पक्षका वकालत गर्नको लागि सस्था गठन गरिएको र सस्थाले तिनै बास्तविक पिडितहरुको राहत र अधिकारका लागि वकालत गर्ने नवनियुक्त अध्यक्ष नारायण तिमल्सेनाले जानकारी दिए ।