Thu. Feb 27th, 2025

धादिङमा धान उत्पादन घट्ने, ३० प्रतिशत जमिन बाझैँ

dhanधादिङ – यसबर्ष धादिङमा धान उत्पादनमा कमी आउने भएको छ । ढिला मनसुनका कारण समयमा रोपाइँ हुन नसक्दा धान उत्पादन घट्ने भएको हो ।

समयमा बर्षा नहूदा धादिङमा ७० प्रतिशत  क्षेत्रमा मात्र रोपाई भएको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । कुल खेतियोग्य जमिन मध्ये ५२ प्रतिशत जमिनमा सिचाई सुविधा पुग्ने गरेको छ । तर बाह्रै महिना सिँचाई सुविधा नपुग्ने जमिन भने १० प्रतिशत मात्र रहेको जिल्ला कृषि विकास कार्यलय धादिङले जनाएको छ । धादिङ जिल्लमा १६ हजार ५ सय ५० हेक्टर क्षेत्रमा धान खेती गरिदै आएपनि समयमा बर्षा नहुँदा यसबर्ष ११ हजार ५ सय हेक्टर क्षेत्रफलमा मात्र धान खेती गरिएको थियो । जिल्लाको नीलकण्ठ नगरपालीका, सल्यानटार, गजुरी, नौविसे, जीवनपुर, गोगनपानी, कल्लेरी, ज्यामरुङ, सांकोष, त्रिपुरेश्वर, मार्पाक र दार्खा धान खेती गर्ने पकेट क्षेत्र मानिदै आएको छ । तर यस गाउँ विकास समितिमाका अधिकांस फाँटहरु पानी नपरेको कारण बाँझै छन् । भने रोपिएको खेतमा पनि पानी नपरेको कारण राम्रो सँग धान फलेको छैन ।

गोगनपानी गाविसका आधा भन्दा बढी खेतहरुमा भुस मात्र फलेको छ । खेत जसोतजो गरेर रोपेपनि पानी नपरेको कारण ४२ मुरी धान फल्ने गोपाल थापाको खेतमा अहिले ८ मुरी पनि उत्पादन नहुने देखिएको छ ।  समयमा रासायनिक मल दिन नसक्नुको कारण पनि धान उत्पादनमा कमि आएको जिल्ला कृषि विकास कार्यलय धादिङका प्रमुख महेन्द्रराज कौडालले बताए । उनी भन्छन् समयमा मौसम भएपनि हामीले कृषककहरुलाई आवश्यक परेको समयमा मल उपलब्ध गराउन सकेनौँ ।

धान फुल्ने बेलामा पानी नपरेको कारण धानको गेडाको साटो भुस मात्र फलेको बच्चु तामाङले बताए । धादिङमा साबीत्री, मकवानपुरे, सुख्खा १, राधा ४, राम, हर्दिनाथ १, हर्दिनाथ २, सुमलचार, खुमल ११, गोरखनाथ, वायोसिट जातका धान खेती गरिदै आएको छ ।

About The Author

अन्य समाचारहरु: