११ मंसिर, धादिङ – अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यमाञ्चल क्षेत्रीय कार्यलय हेटौडामा आर्थिक वर्ष २०७१ ०७२ को असार मसान्तसम्ममा भष्ट्राचारका ४ हजार २ वटा उजुरी परेका छन् ।
प्रारम्भिक अनुसन्धान तर्फ ३ हजार ९५ उजुरी परेको छ । त्यसमध्ये १ हजार ७ सय ६३ वटा मुद्धाहरु फछ्यौट भएका छन् । त्यस्तै मन्त्रालयगत तर्फ ९ सय ७ उजुरी परेका छन् । ती मध्ये ४ सय ९८ फछ्यौट भएका छन् । भूमि सुधार तथा व्यवस्था, बन तथ भूसंरक्षण, भौतिक पूर्वाधार तथा यातयात, गृह, सिंचाई, उर्जा, शरी विकास, अर्थ मन्त्रालयमा व्यापक भ्रष्टचार र अनियमितता हुने गरेको आयोगले जानकारी दिएको छ । बढी भ्रष्टचार हुने १ सय ७५ देश मध्ये नेपाल १ सय २६ औँ स्थानमा रहेको छ ।
सरकारी कार्यलयहरुमा भ्रष्टचारको घट्नाहरु बढी हुने गरेको तथ्याङकमा उल्लेख छ । कार्यलयको खातामा आएको रकम विभिन्न बहाना बनाएर व्यक्तिगत प्रयोजनमा खर्च गर्ने गरेको समेत पाईएको छ । हुँदै नभएको काम पनि कागजी रुपमा प्रमाणित गरेर रकम खर्च गर्ने गरेको पाईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग मध्यामाञ्चल क्षेत्रीय कार्यलयका उप सचिव होमनाथ सुवेदीले बताए ।
यसैगरी गृह मन्त्रालय अन्तरगतका कार्यलयहरुमा सबैभन्दा बढी भ्रष्टचार हुने गरेको छ । भ्रष्टचार न्युनिकरणको लागि जनचेतना फैलाउने र कानुनी प्रावधानको बारेमा सचेतना जगाउने कार्यक्रमहरु भइरहेको उपसचिव सुवेदीले बताए ।