११ मंसिर, मकवानपुर – जंगली हात्तीको आक्रमणबाट मकवानपुरको मनहरी ६ रमौलीमा एक जनाको मृत्यु भएको छ ।
घर आउने क्रममा जंगली हात्तीले आक्रमण गर्दा रमौलीका ३९ बर्षिय अर्जुन बोटेको मृत्यु भएको ईलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक बिरेन्द्र थापाले बताए । बिहीबार राति हात्तीको आक्रमणबाट मृत्यु भएपनि बोटेको शव भने शुक्रबार बिहान मात्र फेला परेको प्रहरीले जनाएको छ ।
जंगली हात्तीले आक्रमण गरेर मृत्यु भएपछि बोटेका आफन्त र स्थानीयबासिन्दाले क्षतिपूर्ति पाउनुपर्ने र बस्ती नजिकबाट हात्ती खेदनुपर्ने माग गर्दै दिउँसो एक घण्टा राजमार्ग अबरुद्ध गरेका छन् ।