११ मंसिर, धादिङ – मानसिक रोगका विरामीहरुको उपचारको लागि नयाँ कार्ययोजना बनाए अघि बढ्ने जिल्ला जनस्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जिवन कुमार मल्लले बताए ।
यहि आर्थिक वर्षबाट मानसिक रोगीहरुलाई औषधीहरु जिल्ला स्वास्थ्य कार्यलय धादिङ, गजुरी प्राथमिक स्वास्थ्य चौकी र सल्यानटार स्वास्थ्य चौकीबाट प्रदान गर्ने योजना बनाएको पनि उनले बताए । आज धादिङवेशींमा सम्पन्न भएको मानसिक रोग सम्बन्धी कार्यशाला गोष्ठीमा यस्तो बताइएको हो । अबका दिनमा मानसिक रोगको उपचारका लागी आवश्यक औषधी र चिकित्सकको लागी सबैजना सँग समन्वय गरेर अघि बढ्नुपर्ने बताए ।
एकिकृत सामुदायिक विकास अभियान आईसिडिसि धादिङको आयोजनामा र टिपिओ नेपालको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा मानसिक रोग के हो ? बच्चाहरुमा देखिने मानसिक रोग, भुकम्प पछि नेपालमा मानसिक रोगको अवस्था समस्याको समाधान र चुनौतीका विषयमा टिपिओ नेपालका प्रशिक्षक शिशिर सुब्बा, पिताम्बर कोईराला र मानसिक रोग विशेषज्ञ डा.सिताराम पराजुलीले जानकारी गराएका थिए । कार्यक्रमका सहभागीहरुले मानसिक रोग सम्बन्धी गोष्ठी र अन्र्तक्रियामा शिक्षक, विद्यार्थीहरुलाई पनि समेट्नु पर्ने र यस्ता कार्यक्रमहरु शहर बजारमा मात्र नभई गाउँ गाउँ सम्म पु¥याउनुपर्ने धारणा राखेका थिए ।