Wed. Mar 12th, 2025

आजदेखि धादिङ यातायातका सेवा बन्द

DHADING YATAYAT८ मंसिर,  धादिङ – धादिङ यातायात व्यवसायी संघले आज( मंगलबार) देखि आफ्नो यातायात सेवा बन्द गरेको छ ।

धादिङ यातायात व्यवसायी संघले दिँदै आएको क्षेत्रभित्र ग्रामिण यातायात सहकारी संघले जवर्जस्ती सवारी संञ्चालन गर्ने दुस्प्रयास गरेकाले बाध्य भएर सेवा बन्द गरिएको  संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए । २३ वर्षदेखि धादिङ यातायात व्यवसायी संघले यातायातमा दिएको आलोपालो सेवा र सुविधालाई वेवास्ता गरिएकाले गाडी, गाडी धनी र समितिलाई जिल्ला प्रशासन कार्यलय धादिङमा झिकाई यथाशिघ्र छलफल गर्नुपर्ने धादिङ यातायात व्यवसायी संघले जनाएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै आफ्नो यातायात सेवा क्षेत्र भित्र अन्य यातायात व्यवसायीले यातायात सञ्चालन बन्द गर्नुपर्ने माग गरेको छ । आफ्नो माग पुरा नभए अनिश्चीतकालीन यातायात सेवा बन्द गर्ने जनाएको छ । त्यसैगरि संघले आह्वान गरेको बन्द कार्यक्रममा यातायात संग सम्बन्धीत संस्थालाई पनि व्यवसायीक हकहित र सुरक्षाको लागी आन्दोलनमा सर्मथन गर्न अनुरोध गरेको छ ।

About The Author

अन्य समाचारहरु: