Tue. Mar 11th, 2025

नेपाललाई थाइल्याण्ड सरकारले औषधि पठायो

Thailand_flag_651777110काठमाडौँ –  नेपालमा देखिएको औषधि अभावमा थाइल्याण्डले सहयोगस्वरुप औषधि प्रदान गरेको छ । आज थाइल्याण्डबाट धर्मगुरु मार्फत २० पेटी औषधि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रप्रसाद श्रेष्ठले बुझेका हुन् ।

उनले थाइल्याण्डले नेपालमा देखिएको औषधि अभावमा सहयोग गर्ने थप औषधि केही दिनपछि थाइल्याण्डबाट आउने पनि जानकारी दिए । उनका अनुसार स्वास्थ्य मन्त्रालयले अभाव भएका औषधिको सूचि थाइल्याण्ड सरकारलाई पठाएपछि बाँकी औषधि आउनेछ ।

भारतले अघोषित रुपमा गरेको नाकाबन्दी र तराईमा जारी आन्दोलनका कारण नेपालमा औषधि र औषधिजन्य सामग्रीको अभाव भएको छ । अस्पतालमा भइरहेको औषधि अभावका कारण बिरामीलाई असर नपरोस् भनी मन्त्रालयले टोल फ्री नम्बर पनि सञ्चालनमा ल्याएको छ ।

नेपालमा उत्पन्न समस्यालाई विभिन्न देश र दातृ निकायले औषधि र औषधिजन्य सामग्री उपलब्ध गराउने प्रतिवद्धता जनाएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।
रासस

About The Author

अन्य समाचारहरु: