Tue. Mar 11th, 2025

धादिङको थाक्रेमा ९ हजार लिटर डिजेल सहित ट्याङ्कर नियन्त्रणमा

truck७ मंसिर,  धादिङ – धादिङको थाक्रे गाँउ विकास समितिको दश किलो भन्ने ठाँउमा डिजेल बोकेर लगिरहेको अवस्थामा ट्याङ्करलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौँतर्फ जादै गरेको ना १ ख ६५५० नम्बरको ट्याङ्कर सहित ९ हजार लिटर डिजेल नियन्त्रणमा लिएको धादिङका प्रहरी नायव उपरीक्षक सविन प्रधानले जानकारी दिए ।

चालकको मिलेमतोमा बेच्न लगिएको प्रहरीले अनुमान गरेको छ । घटनाको थप विवतरण आउन बाँकी रहेको छ ।  ट्याङ्करलाई इलाका प्रहरी कार्यलय खानीखोलाको  नियन्त्रणमा लिएको छ ।

About The Author

अन्य समाचारहरु: