Tue. Nov 26th, 2024

धादिङमा खानेपानी परियोजनाका लागि एक करोड ६२ लाख भारतीय सहयोग

dsd७ मंसिर,  धादिङ – धादिङको छापभञ्ज्याङ खानेपानी परियोजनाको लागि एक करोड ६२ लाख भारतीय सहयोग गरिने भएको छ । सहयोग सम्बन्धी सम्झौतापत्रमा हालै हस्ताक्षर भएको छ । उक्त सहयोग भारत सरकारको भारत–नेपाल आर्थिक सहयोग कार्यक्रम अन्तर्गत गरिएको हो । धादिङ जिल्लामा भारत सरकारले सहयोग गरेको यो पहिलो खानेपानी परियोजना हो ।

भारत सरकारको नेपाली रुपैयाँ एक करोड ६२ लाख अनुदान सहयोगमा निर्माण हुने खानेपानी परियोजना जिल्ला विकास समिति धादिङले कार्यान्वयन गर्नेछ । जिल्लाको ज्यामरुङ गाविसस्थित वार्ड नम्बर ८ मा खानेपानीको ठूलो समस्या रहेको छ । २५० घरधुरी ले उक्त आयोजाबाट लाभ लिनेछन् ।

यसबाहेक नीलकण्ठ क्याम्पस भवन पनि भारत सरकारको सहयोगमा निर्माण हुनेको साथै जिल्लालाई भारत सरकारले सातवटा एम्बुलेन्स तथा एउटा स्कूल बस समेत उपहार प्रदान गरिसकेको भारतीय दूतावासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

About The Author

अन्य समाचारहरु: