६ मंसिर, धादिङ – घर शान्ति नै विश्व शान्तिको आधार, पुनः निर्माण शिक्षा र समान व्यवहार भन्ने नारा सहित लैङ्गिक हिंसा विरुद्धको सोह्र दिने अभियान यस वर्ष पनि धादिङमा भव्यताका साथ मनाइने भएको छ ।
अभियानलाई प्रभावकारी बनाऊनका लागी अभियानको पुर्वसन्ध्या अर्थात मंसिर ८ गते सदरमुकाम धादिङबेशी स्थित क्याम्पस चोकमा दिप प्रज्वलन कार्यक्रम रहेको अभियान मुल आयोजक समितीले जनाएको छ । अभियानको पहिलो दिन मंसिर ९ गते धादिङबेशीमा वृहत प्रभातफेरीको आयोजना गरिने महिला तथा बालबालिका कार्यलय धादिङका निमित्त प्रमुख इश्वरी मल्लले जानकारी दिइन् ।
अभियान अवधीभर जिल्लाका विभिन्न स्थानमा छलफल, अन्तरक्रिया, ¥याली, हाजिरीजवाफ, निवन्ध लेखन, साँस्कृतिक प्रतियोगिता संचालन गरिने भएको छ ।