Tue. Mar 11th, 2025

मिस नर्स २०७२ को अडिसन सुरु

miss-nurse6-685x454६ मंसिर, धादिङ – ‘मिस नर्स नेपाल २०७२’को तेस्रो संस्करणको अडिसन आएतबारदेखि सुरु भएको छ ।

काठमाडौँको तिनकुने स्थित ग्रिन क्याफे एण्ड पार्टी भेन्युमा आइतबारबाट पहिलो चरणको प्रतियोगी छान्ने अडिसन सुरु भएको हो । अडिसन अझै दुई साता चल्ने नेक्स्ट मोडल्स नेपालका सिइओ रबि धमलाले जानकारी दिए । नर्सिङ पेसाले समाजमा पु¥याएको योगदानको कदर र सम्मान गर्दै यस पेसा रमाएका र भविस्य खोज्ने युवतीको प्रतिभा निखार्दै पेसा र समाज प्रति थप जिम्बेवार र उत्तरदायी बनाउने उदेश्य प्रतियोगिताको रहेको छ ।

पहिलो चरणको अडिसनमा डा. लोचन कार्की (नेपाल मेडीकल एसोसियसन) , डा. आयुष्मान घिमिरे (मिष्टर नेपाल २०११), श्रीदेबी शर्मा (मिस नर्स २०७१ सेकेन्ड रनर अफ), रोजिन शाक्य( कोरियोग्राफर) , रबी धमला( सिइयो नेक्स्ट मोडल्स नेपाल) लगायत निर्णायक रहेका छन् ।

राजधानीमा आगामी पुष २५ गते एक भब्य कार्यक्रम सहित आयोजना हुने प्रतियोगीतामा अन्तिम स्पर्धाका लागी छानिएका प्रतियोगिलाई व्यक्तित्व विकास, सन्चार कला शैक्षिक भ्रमण, स्वास्थ्य शिविर, फोटो सेसन, महिला सशक्तिकरण, सञ्चार कला, सामाजिक क्रियाकलाप , मेकअप ,फेसन ,फोटो सेसन, महिला ससक्तिकरण, प्रेरणा, नेतृत्व क्षेमता, सामाजिक संजालको सहि सदुपयोगलगायतका बिषयमा दक्ष प्रशिक्षकद्धारा प्रशिक्षण दिइने कार्यक्रम संयोजक यतना पाण्डेले बताइन् ।

प्रतियोगीतामा मुख्य उपाधि सहित फष्टरनर अप, सेकेन्ड रनर अपका ब्युटी उइथ बिरेन, सोशल रेस्पोन्सिभल नर्स, मोष्ट ट्यालेन्ट ,बेष्ट पर्सनालीटी ,मोष्ट ब्युटिफुल, मिस फोटोजेनिक लगायत बिधामा समेत बिजेता छानिने छ ।

About The Author

अन्य समाचारहरु: