Tue. Mar 11th, 2025

उत्तरी धादिङमा लाग्ने त्रिपुरासुन्दरी मेला मंसिर २६ र २७ गते

tripura sundari mela 1
६ मंसिर, धादिङ-धादिङ जिल्लाको उत्तरी क्षेत्रमा पर्ने त्रिपुरा सुन्दरी माइको जात्रा यहि मंसिर २६ र २७ गते हुने भएको छ । जात्रा हरेक बर्षको मङ्सिर महिनामा उत्तम तिथि हेरेर भब्य रुपमा लाग्ने गर्दछ । पहाडी क्षेत्रको ठुलो मेला अर्थात माइस्थान जात्राको नामले परिचित यस मललाई न्वागी जात्राको नाममा समेत चिनिन्छ ।

जिल्ला सदरमुकाम धादिङबेशीबाट चालिस किलोमिटर उत्तरतर्फ पर्ने यो मन्दिरमा जात्रा हेर्नका लागि छिमेकी जिल्ला नुवाकोट,चितवन, काठमाडौँ लगायतका मानिसहरु पनि आउने गर्दछन् ।
ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको यस स्थानको बारेमा शिलालेखमा उल्लेख भए बमोजिम नेपाल एकीकरणको बेला पृथ्वीनारायण साहले यसै त्रिपुरा भगवतीको आशिर्बाद पाएपछि मात्र नुवाकोट तथा काठमाडौंको बिजय सम्भव भएको हो भन्ने उल्लेख गरिएको छ ।

प्राचिन कालदेखि शाहवंशिय राजाहरुले बिशेष महत्वका साथ यस स्थानमा पुजापाठ गर्ने गरेको तथ्य भेटिन्छ । यस त्रिपुरासुन्दरीको सल्यानकोट र आगिन्चोक १ स्थित सल्यानबेसीमा गरेर दुइ ओटा मन्दिर रहेको छ । मङ्सिर महिनामा माथि डांडाको मन्दिरबाट भगवतीको मुर्तिलाई बाकसभित्र राखी पिठ्युमा बोकेर करिव तिन घण्टाको पैदल दुरीमा पुगिने सल्यानबेशिको मन्दिरमा ल्याइन्छ ।

tripurasundari mela 2

रानामगर थरका पुजारीले मात्र छुन मिल्ने त्यस मुर्ति कस्तो आकारको छ वा त्यस बाकसभित्र के छ भनेर आम सर्बसाधारणहरुले अहिलेसम्म केहि देख्न पाएका छैनन् । तिमिल्सेना र सापकोटा थरका पुरोहित र रानामगर थरका पुजारीले बाहेक अन्यले हेर्न र छुन नपाउने अनौठो प्रचलन समेत यस मन्दिरमा रहिआएको छ ।

अन्य मन्दिरले भन्दा फरक प्रकृतिको विशेषता बोकेको यस मन्दिरको त्रिपुरा भगवतीको मुर्ति कसैले छुन नपाएपनि यस मन्दिरमा भने परम्परादेखि नै सबै जातजातिका श्रदालु भक्तजनहरुले सहज रुपमा पुजाआजा गर्न पाउने ब्यबस्था रहेको छ ।

धार्मिक महत्वसंगै यस जात्राको प्रबर्धन गर्न सके धार्मिक पर्यटनको समेत प्रचुर सम्भावना रहेको एक तिर्थस्थलसंगै पर्यटनको लागि समेत उपयुक्त गन्तब्य बन्न सक्ने त्रिपुरासुन्दरीको मन्दिरलाई बिकास र सम्बर्धनका लागि सरकारले बिशेष कार्ययोजना ल्याउनुपर्ने देखिन्छ ।
नेपालका यिनै धार्मिक तथा ऐतिहासिक महत्व बोकेका स्थलहरुको उचित प्रचारप्रसार एबं सम्बर्धन गर्न सकियो भने आर्थिक सामाजिक तथा साँस्कृतिक बिकास गर्न सकिने विश्वास लिएको छ ।

About The Author

अन्य समाचारहरु: