Tue. Nov 26th, 2024

कुलेखानीको जलाशयमाथि २५ मेगावाटको सोलार

Solar-Panels

काठमाडौं – नेपालकै एक मात्र जलाशययुक्त कुलेखानी जलविद्युत आयोजनाको तालमाथि सौर्य उर्जा (सोलार ) उत्पादन गरिने भएको छ ।

नेपाल विद्युत प्राधिकरणले उर्जा संकट न्यूनीकरणका लागि भन्दै कुलेखानी जलाशयमाथि सोलार निर्माण गर्ने भएको हो । विदेशमा धेरै मुलुकमा जलाशययुक्त आयोजनामाथि सोलार बनाए पनि नेपालमा भने पहिलो पटक बनाउन लागिएको छ ।

२५ मेगावाटको सोलारको लागयत ३५ मिलियन डलर लाग्ने प्राधिकरणका ग्राहक तथा वितरण सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक रामचन्द्र पाण्डेले जानकारी दिए ।
राजधानी दैनिकबाट

About The Author

अन्य समाचारहरु: