२ मंसिर, धादिङ – नेपाली महिला तथा बालबालिकाको क्षेत्रमा काम गर्दै आएकी अमेरिकी महिला म्यागी डोइनले सिएनएन हिरो २०१५ को उपाधि जितेकी छिन् ।
अमेरिकाको न्यु जर्सीकी २८ वर्षकी डोइनले नेपाली महिला तथा बालबालिकाको जीवनस्तर सुधारमा गरेको प्रयासका लागि सिएनएन हिरो २०१५ को उपाधि दिइएको हो । डोइनले बिलिन्कनाव फान्डेसन मार्फत नेपाली बालबालिकाको शिक्षा तथा महिलाको जीवनस्तर सुधारका लागि काम गर्दै आएकी छिन् ।
१८ वर्षको उमेरमा नेपाल भ्रमणमा आएकी डोइनले त्यसयता नेपाली बालबालिका र महिलाको क्षेत्रमा काम गर्दै आइरहेकी छिन् । डोइन सिएनएन हिरोका लागि मनोनयनमा परेका १० जना मध्येबाट अनलाइन भोटिङको मार्फत विजयी बनेकी हुन् । उनले एक लाख अमेरिकी डलर पुरस्कार प्राप्त गरेकी छिन् । यस्तै मनोनयनमा परेका प्रत्येक १० जना दिइने १० हजार अमेरिकी डलर पनि उनले नै पाएकी छिन् । यो रकम बिलिन्कनाव फाउन्डेसनमार्फत नेपाली महिला र बालबालिकाको क्षेत्रमा खर्च गरिने उनले बताइन्