१ मंसिर, धादिङ -यस वर्षको छठ पर्व धादिङमा पनि धुमधामका साथ मनाइएको छ । सूर्यदेवको श्रद्धा भक्तिपूर्वक राधना र पूजा गरी मनाइने छठपर्वको मुख्य दिन आज बेलुकी अस्ताउँदो सूर्यलाई अर्घ्य दिदै मनाइएको छ ।
कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको पर्व आइतबारदेखि सुरु भएको हो । चतुर्थीमा स्नान गरी चोखो खाएर बसिन्छ । यस दिनबाट छठपर्व नसकिएसम्म व्रतालुले माछा, मासु, लसुन, कोदो, फापर, मुसुरो आदि सेवन गर्दैनन् । चतुर्थीको कर्मलाई अरबाइन वा अरबा भनिन्छ ।
केही वर्षयतादेखि धादिङमा पनि छठपर्व तराई तथा मधेसी समुदायका मासिहरु एकै ठाउमा भेला भएर मनाउन थालेका छन् ।