Tue. Mar 11th, 2025

पाविलन्युज डटकम अनलाइन दोस्रो वर्षमा प्रवेश

१ मंसिर, धादिङ-धादिङ मिडिया नेटवर्कद्धारा सञ्चालित पाविलन्युज डटकम अनलाइन मंगलबारबाट दोस्रो बवर्षमा प्रवेश गरेको छ ।

विस.२०७२ मंसिर १ गतेबाट विधिवत रुपमा सञ्चालन गरिएको अनलाइनले धादिङका कुनाकाप्चाका सुचना, सन्देश, समाचारलाई समेट्दै आइरहेको छ ।logo_test (1)

धादिङको सदरमुकाम धादिङबेसीबाट सञ्चालन भइरहेको अनलाइनले शिक्षा, स्वास्थ्य, राजनैतिक, आर्थिक, सामाजिक तथा समसामयिक विषयबस्तुहरुलाई समेटेर सामग्रीहरु प्रस्तुत गरिरहेको छ ।
धादिङ जिल्ला र आसपासका जिल्लाहरुलाई विशेष प्राथमिकतामा राखेर अनलाइन सञ्चालन गरिएको अनलाइनका अध्यक्ष नवराज छत्कुलीले जानकारी दिए ।

धादिङ मिडिया नेटवर्कद्धारा हाल पाविलन्युज डटकम अनलाइन र पाविल साप्ताहिक पत्रिका प्रकाशन हुँदै आइरहेको छ । अनलाइनले छोटो अवधिमा नै नेपाली जनताको मन जित्न सफल भएको छ ।

About The Author

अन्य समाचारहरु: