धादिङ – सुपर हिट तमाङ सेलो फापरे सेलो पछी मिन बहादुर तमाङले फापरे सेलो २ ल्याउने भएको छ ।
फापरे सेलो २ को लागि तयार गरिएको एउटा गीतको म्युजिक भिडियो सार्वजनिक गरी फपरे सेलो २ आउँदै गरेको सङ्केत दिएको छ । रोशन फ्युबाको शब्द संगीत रहेको हिमालको चिसो चिसो बोलको गीतको गणेश हिमाल पङ्सँग भञ्ज्याङमा छायाङ्कन गरिएको हो ।
रोशन फ्युबा कै निर्देशन् तथा सम्पादन रहेको यो भिडियोमा कलाकारहरु सल्मान वाइबा ( यब्चु ), शीना तमाङ, कमल लामा र रोजिनाले अभिनय गरेका छन् । फापरे फिल्मकै प्रस्तुती रहेको यो भिडियो ल्हप्सङ्कर्पो म्युजिकबाट सार्वजनिक गरेको छ ।