Tue. Nov 26th, 2024

काठमाडौंमा दाउराको बिक्री सुरु

daura२९ कात्तिक, काठमाडौं – काठमाडौं उपत्यकाका सर्वसाधारणका लागि सरकारले आइतबारदेखि दाउरा बेच्न थालेको छ । भारतीय नाकाबन्दीका कारण ग्यास र मट्टीतेलको अभावमा खानासमेत पकाउन नपाएका स्थानीयलाई दाउरा बेच्न थालिएको हो ।

वन तथा भू-संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेशन अफ नेपाल (टीसीएन)को डीपोबाट दाउरा बेच्न थालेको हो । टीसीएनको बालकुमारी र पशुपति डिपोबाट आइतबार बिहानैदेखि दाउरा बिक्री भइरहेको छ । सर्वसाधारणले १५ रुपैयाँ किलोको दरले बढीमा एक सय किलोसम्म दाउरा किन्न पाउनेछन् । त्यसैगरी संघ संस्थाहरुले बढीमा ५ सय किलो दाउरा प्रतिकिलो १७ रुपैयाँका दरले किन्न पाउने छन् । दाउरा किन्नेले आफ्नो नागरिकता देखाएर कुपन लिनुपर्ने अनिवार्य नियम छ ।

टीसीएनका महाप्रवन्धक वीरेन्द्रकुमार यादवले बिहान १० बजेसम्म बालकुमारी डिपोबाट ४ सय जना र पशुपति डिपोबाट डेढ सयजनालाई कुपन बाँडिसकेको जानकारी दिए ।

तराई र चुरे क्षेत्रमा घाटगद्दी गरिएका दाउरा वन मन्त्रालयले बिक्रीका लागि काठमाडौं ल्याउने गरेको छ । बाराको पथलैया, पचाहा लगायतका स्थानबाट १० ट्रक दाउरा बिक्रीका लागि काठमाडौं ल्याइएको छ ।

About The Author

अन्य समाचारहरु: