काठमाडौं -अमेरिकाले नेपाली विद्यार्थीहरुमाथि काममा लगाउँदै आएको बन्देज केही खुकुलो बनाएको छ ।
भूकम्पपछि सिर्जित परिस्थितिलाई मध्यजनर गर्दै अमेरिकाले नेपाली विद्यार्थीहरुलाई काम गर्न छुट दिएको छ । साथै कोर्स लोड पनि कम लिन सक्नेछन् ।
यसअघि नेपाली विद्यार्थीहरुले सातामा २० घन्टाभन्दा बढी काम गर्न पाउँदैनथे भने क्याम्पसभित्र मात्र काम गर्न पाउँथे । तर, नयाँ व्यवस्था अनुसार २४ जुन, २०१५ सम्म एफ(१ भिसा लिएर अध्ययन गरिरहेका नेपाली विद्यार्थीहरुले क्याम्पस बाहिर काम गर्न आवेदन दिन सक्नेछन् ।
यसका लागि डिसेम्बर २१ सम्म आवेदन दिनुपर्नेछ । यो व्यवस्था डिसेम्बर २४, २०१६ सम्म लागू हने बताइएको छ । भूकम्पबाट प्रभावित परिवारका विद्यार्थीहरुले आफ्नो अध्ययनलाई जारी राख्न सकुन भनेर यो सुविधा दिइएको स्टुडेन्ट एण्ड एक्सचेन्ज कार्यक्रमका निर्देशक लुइस फ्यारेनले पाइ न्यूजलाई बताएका छन् । अमेरिकी सरकारी तथ्यांक अनुसार ९ हजारभन्दा बढी नेपाली विद्यार्थीसँग एफ-१ भिसा छ ।