Mon. Mar 10th, 2025

तिहारको अन्तिम दिन, आज भाइटिका

bhaitika२७ कात्तिक, धादिङ– यमपञ्चकको अन्तिम दिन आज घर घरमा दिदीबहिनीले दाजुभाईलाई सप्तरङ्गी टीका, मखमली र सयपत्री फूलको माला लगाई दीर्घायूको कामना गर्दछन् ।

टीकाको साइत खोज्नेहरुका लागि आज बिहान ११ बजेर ५५ मिनेटमा उत्तम रहेको पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यद्यपि, भाइटीकाकोदिन दिनैभर टीका लगाउन कुनै फरक नपर्ने समितिले जनाएको छ ।

यम द्वितीयासमेत भनिने भाई टीकामा यमराज, यमुना, ग्रह र अष्ट चिरञ्जीवीको पूजा गरेपछि टीका लगाउने परम्परा छ । भाइटीकाको अवसरमा दिदी बहिनीले दाजुभाईलाई कहिल्यै नओइलाउने मखमली फूलको माला र सप्तरंगी टीका लगाई दीर्घायूको कामना गर्ने गर्दछन् ।

भाई टीकाको दिन दिदीबहिनीले आफ्ना दाजूभाइलाई कालको मुखबाट समेत बचाइदिने पौराणिक कथन छ । यस दिन यमलोकका राजा यमराज पनि आफ्ना दूतहरुकासाथ बहिनी यमुनाकोमा टीका लगाउन जाने पौराणिक विश्वास छ ।

दिदीबहिनीले लगाईदिने सप्तरङमध्ये सेतो शान्ति, रातो मंगल, हरियो सद्बुद्धि, पहेँलो दीर्घजीवी र निलो आरोग्यताको प्रतीक मानिन्छ । दाजुभाईले पनि टीका लगाईसकेपछि दिदिबहिनीलाई गच्छेअनुसार उपहार तथा दक्षिणा दिने गर्दछन् ।

About The Author

अन्य समाचारहरु: