२४ कात्तिक, धादिङ –धादिङको सलाङ गाँउ विकास समितिमा सरसफाई अभियान सञ्चालन गरिने भएको छ ।
खानेपानी तथा सरसफाई स्वच्छता समन्वय समिति सलाङका पदाधिकारीका लागि मंगलबार भएको सरसफाई सम्वन्धि एक दिने अभिमुखिकरण कार्यक्रममा अभियान सञ्चालन गर्ने निर्णय गरिएको हो ।

“घरघरमा चर्पी टोलटोलमा धारा, सफा स्वच्छ सलाङ हाम्रो अभिभारा” भन्ने मुला नारासहित गा.वि.स. मा कार्यरत विभिन्न संघसंस्थासँगको साझेदारीमा सरसफाई अभियान सञ्चालन गर्न लागिएको हो । सलाङ गाउँ विकास समितिको सरसफाई अभियानलाई व्यवस्थित रुपमा सञ्चालन गर्न सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गर्न लागिएको बताइएको छ ।
कार्यक्रममा सलाङ गाउँ विकास समितिलाई २०७३ साल भित्र खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्ने, सरसफाई अभियान सञ्चालनका लागि शान्ति नेपालको ६० प्रतिशत र गाउँ विकास समितिको ४० प्रतिशत साझेदारी गर्ने निर्णय भएको शान्ति नेपालका फिल्ड सुपरभाइजर दुर्गानारायाण श्रेष्ठले जानकारी दिए ।